काठमाडौं जिल्लामा काेभिशिल्डकाे पहिलाे मात्रा लगाएकालाई भाेली र पर्सि खाेप लगाइने

<p>काठमाडौं । काठमाडौं जिल्लाले कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । स्वास्थ्य कार्यलय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै जिल्लाको सबै स्थानीय तहमा साउन २५ देखि २६ गतेसम्म कोभिशिल्डको दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप लगाउने भएको जानकारी दिएकाे हाे । यस अघि स्थानीय तहले संचालन गरेकाे खोप केन्द्रहरुमा नै उक्त [&hellip;]</p>

काठमाडौं । काठमाडौं जिल्लाले कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाको लगाउने भएको छ ।

स्वास्थ्य कार्यलय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै जिल्लाको सबै स्थानीय तहमा साउन २५ देखि २६ गतेसम्म कोभिशिल्डको दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप लगाउने भएको जानकारी दिएकाे हाे ।

यस अघि स्थानीय तहले संचालन गरेकाे खोप केन्द्रहरुमा नै उक्त खोप लगाइने कार्यलयले जनाएको छ ।

खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पुरा हुने गरी र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा विद्युतीय दर्ता अनिवार्य रूपमा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

कुनै अन्यथा हुन गएमा खोप प्रदान गर्ने कार्यमा संलगन संस्था प्रमुख संयोजक तथा खोप दिने स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरूलाई कानून बमोजिम कारवाही हुने समेत सूचनामा उल्लेख छ ।

महानगरको राधस्वामी आइसोलेसन सेन्टर बालजु, सशस्त्र प्रहरी बल अस्पताल बल्मम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा पनि दोस्रो खोप लगाइने भएको छ ।

जापानले नेपाल सरकारलाई अनदान स्वरुप १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको छ जसमध्ये आइतबारसम्म ८ लाख मात्रा नेपाल आइसकेको छ ।

भारतको सिरम इन्टिच्युटले बनाएको कोभिशिल्ड खोप अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपको फर्मुला अनुसार बनाइएको हो ।

Share News