शनिबार ३ हजार २१८ जना नयाँ संक्रमित थपिए

<p>काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ३ हजार २१८ [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म १० हजार बढीको मृत्यु भएको छ ।

साथै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

Share News