आइपुग्यो भुटानले दिएको ३ लाख डोज खोप

<p>काठमाडौं । भुटान सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । एस्ट्राजेनेका ३ लाख डोज खोप शुक्रबार बिहान भुटानको ड्रुक एअरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा [&hellip;]</p>

काठमाडौं । भुटान सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । एस्ट्राजेनेका ३ लाख डोज खोप शुक्रबार बिहान भुटानको ड्रुक एअरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो ।

अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

उक्त दुई देशबाट खोप ल्याइसकेपछि सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने तयारी गरेको छ । जापानबाट आउन लागेको ८ लाख र भुटानबाट ल्याइएको ३ लाख गरी ११ लाख कोरोना विरुद्धको खोप लगाईनेछ ।

Share News