बिहीबार ३ हजार ९३८ संक्रमित थपिए, ३७ जनाकाे मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। जसमध्ये ११ हजार ८७० नमूना पिसिआर परीक्षण गर्दा ३ हजार ७ जना र एन्टिजेन विधिबाट ६ हजार ५३८ गर्दा ९३१ जनामा संक्रमण पुष्टि [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

जसमध्ये ११ हजार ८७० नमूना पिसिआर परीक्षण गर्दा ३ हजार ७ जना र एन्टिजेन विधिबाट ६ हजार ५३८ गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप ३७ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ ।

Share News