साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह

<p>काठमाडौं । सरकारले एक साता खोप सप्ताह मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भएको बताएका हुन । उनका अनुसार खोप [&hellip;]</p>

काठमाडौं । सरकारले एक साता खोप सप्ताह मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भएको बताएका हुन ।

उनका अनुसार खोप सप्ताह अभियानमा जापानबाट आउन लागेको ८ लाख र भुटानबाट आउन लागेको ३ लाख गरी ११ लाख कोरोना विरुद्धको खोप लगाईनेछ ।

दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने जनाईएको छ । आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।

Share News