काठमाडौं । सरकारले क्युआर कोडसहितको खोप लगाएको विद्युतीय प्रमाण पत्र दिन सुरु गरेको छ ।
सरकारले किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुरवेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजदेखि क्युआर कोडसहितको खोप लगाएको विद्युतीय प्रमाण पत्र दिन सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेश जानेहरुको लागि किर्तिपुरबाट क्युआर कोडसहितको खोप लगाएको प्रमाण पत्र दिन सुरु गरेको र विस्तारै सबै स्थानबाट यस सेवा सुरु गर्ने जनाएको छ ।