३ हजार ३८३ संक्रमति थपिए, १ हजार ९९४ संक्रमणमुक्त

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। जसमध्ये ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ जना र एन्टिजेन विधिबाट ६ हजार ८० गर्दा ९३५ मा संक्रमण [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

जसमध्ये ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ जना र एन्टिजेन विधिबाट ६ हजार ८० गर्दा ९३५ मा संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ।

Share News