प्रधानमन्त्रीले राेके प्राडा. गौतमको सरुवा

<p>काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गाैतमकाे सरुवा राेकेका छन् । दुई महिनादेखि उक्त अस्पतालमा प्रमुख कार्यकारी अधिकारीकाे जिम्मा सम्हालिरहेका गाैतमलाई अचानक साेमबार राज्यमन्त्री उमेश श्रेष्ठले पुन: प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए । उनकाे स्थानमा श्रेष्ठले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई नियुक्त गरेकाे जनाएकाे थिए । लामाे समय प्रसूति तथा [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गाैतमकाे सरुवा राेकेका छन् ।

दुई महिनादेखि उक्त अस्पतालमा प्रमुख कार्यकारी अधिकारीकाे जिम्मा सम्हालिरहेका गाैतमलाई अचानक साेमबार राज्यमन्त्री उमेश श्रेष्ठले पुन: प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए । उनकाे स्थानमा श्रेष्ठले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई नियुक्त गरेकाे जनाएकाे थिए ।

लामाे समय प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक रहेर काम गरेकाे गाैतम यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका थिए ।

Share News