काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अुनसार ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा १ हजार ९८१ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८७ जनामा संक्रमण देखिएको हो ।
यस्तै आइतबार थप १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।