काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से परिसूचक ६० अंकले बढीले उकालो लागेको छ ।
नियमित कारोबार शुरु भएको पौने २ घण्टामै परिसूचक ६० अंक बढीले उकालो लागिसकेको छ । साउन ३ गते दिउँसो १२ बजेर ४२ मिनेट जाँदा नेप्से ६०.६१ अंकले बढेर २९४३.७२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले बढी हो ।
यो अवधिसम्म ५ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म २१२ कम्पनीको ९३ लाख ७६ हजार ६७७ कित्ता सेयर किनबेच भईसकेको छ । जसमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । फाइनान्सको २५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भईसकेको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा कामना सेवा विकास बैंक र तेश्रोमा नबिल बैंक रहेको छ । यी दुईको क्रमशः २४ करोड ७० लाख र २३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भईसकेको छ ।
यो समाचार तयार पार्दासम्म न्याङ्दी ग्रुप पावरको सेयर मूल्य १० प्रतिशतले बढी सकेको छ । कम्पनीको सेयर मूल्य ५७ रुपैयाँले बढेर प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ ।
आइतबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २३४.७५ अंकले बढेर १७ हजार २५२ बिन्दुमा पुगेको छ ।
सम्बन्धित समाचार