काठमाडाैं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले विपद जोखिम न्युनिकरण गर्नका लागि गण्डकी प्रदेशको प्रदेश विपद व्यवस्थापन कोष खातामा आर्थिक सहयाेग गरेकाे छ ।
संस्थाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संस्थाको तर्फबाट शुक्रबार ९८ हजार ६८ई रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकाे थियाे ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा आर्थिक सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले वित्तीय संस्थाले छोटो अवधिमा देशका करिब २२ हजार महिलाहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरेको तथा १०० जना भन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगार प्रदान गर्न सफल भएको बताए ।
यस संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८, विन्ध्यावासिनी कास्कीमा रहेको छ । संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयहरुबाट प्रत्यक्ष रुपमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।