
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि सो मात्रोको बजेट बिनियोजन गरेको हो ।
प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ गरि साे मात्राकाे बजेट विनियोजन गरेका हुन् । साथै, बजेट मार्फत ल्याइएका सबै कार्यक्रम पूर्ण रूपमा कार्यान्यवन गरिने उनले बताए ।