प्रदेश १ काे बजेट ३२ अर्ब ४६ कराेड ९२ लाख

<p>काठमाडाैं । प्रदेश १ ले आर्थिक वर्ष २०७८/७९ काे लागि ३२ अर्ब ४६ कराेड ९२ लाख रुपैयाँ बराबरकाे बजेट ल्याएकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा उक्त रकम बराबरकाे बजेट पेश ल्याएकाे जानकारी दिएका हुन् यस्तै उनले पेस गरेको वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र  पूँजीगत [&hellip;]</p>

काठमाडाैं । प्रदेश १ ले आर्थिक वर्ष २०७८/७९ काे लागि ३२ अर्ब ४६ कराेड ९२ लाख रुपैयाँ बराबरकाे बजेट ल्याएकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा उक्त रकम बराबरकाे बजेट पेश ल्याएकाे जानकारी दिएका हुन्

यस्तै उनले पेस गरेको वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र  पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।

चालु आर्थिक वर्षको बजेटभन्दा प्रदेश सरकारले करिब ७ अर्ब कम आकारको बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

Share News