काठमाडौं । तीन वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट वक्तव्य सुरु गरेका छन् । प्रदेश १, वागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका हुन् ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बु, वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल र लुम्बिनी प्रदेशका आर्थिक तथा योजना मन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा बजेट वाचन सुरु गरेका हुन् ।
प्रदेश सरकारले प्रस्तुत गर्ने यो चौथो बजेट हो । प्रदेश २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको बजेट वक्तव्य वाचन गर्ने समय ४ बजे तोकिएको छ ।