अर्थमन्त्री पौडेल भन्छन्ः दशैंपछि कसैले मास्क लगाउनु पर्दैन

<p>काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले दशैंपछि कुनै पनि नागरिकले मास्क लगाउनु नपर्ने बताएका छन् । उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै दशैं अघि सबै नागरिकलाई कोभिड–१९ विरुद्दको खोप लगाएर मास्क लगाउनु नपर्ने अवस्था सिर्जना गर्ने बताएका हुन् । उनले सरकारले कात्तिक २६ र मंसिर ३ गते हुने मध्यावधि निर्वाचनलाई लक्षित गरी सबैलाई भ्याक्सिनको पहुँचमा पुर्याउने र [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले दशैंपछि कुनै पनि नागरिकले मास्क लगाउनु नपर्ने बताएका छन् । उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै दशैं अघि सबै नागरिकलाई कोभिड–१९ विरुद्दको खोप लगाएर मास्क लगाउनु नपर्ने अवस्था सिर्जना गर्ने बताएका हुन् ।

उनले सरकारले कात्तिक २६ र मंसिर ३ गते हुने मध्यावधि निर्वाचनलाई लक्षित गरी सबैलाई भ्याक्सिनको पहुँचमा पुर्याउने र निर्वाचन हुने समयसम्म मास्क लगाउनु नपर्ने वातावरण सिर्जना गर्ने धारणा राखेका हुन् ।

‘सर्वसाधारणलाई खोपको पहुँचमा पुर्याउने विषयलाई हामीले महत्वपूर्ण प्राथमिकताका साथ हेरेका छौं, दक्षिण एसियामा भारतपछि नागरिकलाई भ्याक्सिन उपलब्ध गराउनेमा नेपाल दोस्रो देश हो, कोरोना भाइरसको जोखिम कम गर्न हामी लागि परेका छौं, हाम्रो सम्पूर्ण ध्यान कोरोनाको जोखिम न्यूनीकरणमै छ,’ उनले भने ।

यस्तैे, उनले यो सरकारले निर्वाचन गरेरै छोड्ने बताए । उनले आगामी वर्षका लागि प्रस्तुत भएको बजेट संवैधानिक किसिमले आएको बताउँदै कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे ।

Share News