काठमाडाैं । जहाँ महिनावारि स्वास्थ्य र सरसफाइको बारेमा सचेतना प्रदान गर्नुको महत्त्व आवश्यक हुन्छ, त्यहाँ सेनेटरी नेपकिनको प्रयोगको कारण हुने फोहोरको समस्या सधैं उत्पन्न हुन्छ । यी दुबै मुद्दा हाम्रो प्राथमिकता पहिलो सूचीमा पर्दछ । किनभने हाल नेपालमा जुन तरिकाले नेपकिन नष्ट गर्ने गरिएको छ त्यसले भविष्यमा फोहोर ब्यबस्थापनका कार्यमा अझै बढि समस्या सिर्जना उत्पन्न गर्नेछ।
सेनेटरी फोहोरमैला ब्यवस्थापन निश्चित रूपमा बढ्दो समस्याको रुपमा परिणत हुँदैछ । अहिले उत्पादन हुने अधिकांश सेनेटरी प्याडहरू गैर(बायो डिग्रेडेबल र कम्पोस्टेबल हुन् यसले स्वास्थ्य र वातावरणीय खतराहरू निम्त्याउन सक्छ। नगरपालिकाको कमजोर फोहोरमैला संकलन व्यवस्थापन, समुदाय, सहर र गाउँहरूमा अव्यवस्थित सरसफाइ यसको प्रमुख कारण र चुनौतीहरु हुन ।
यो समस्यालाई समाधान गर्न ज्यास्मिन हाईजीनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ जसले एक दिनमा १०० प्याडसम्म डिस्पोज गर्न सक्दछ । यो मेशीन विद्युतबाट संचालित हुन्छ र प्रयोगकर्ता मैत्री पनि छ। जब प्रयोगमा आउदैन यो मेसिन स्वचालित रूपमा बन्द हुन्छ । यसमा खरानी सफा गर्ने ट्रे समेत समाबेश छ । यसले ब्याक्टेरिया र गन्ध समेत हटाउँदछ । यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने गर्दछ।
ज्यास्मिन हाइजीनका प्रबन्ध निर्देशक पुनित सारदाले भने, ‘नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै एउटा समस्याको बिषय हो । ती समस्याहरुलाइ बुझेर हामीले सेफ्टी सेनेटरी प्याड ईन्सेनेरेटर ल्याएका छौं जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ। हामी ज्यास्मिन हाइजिन , सधै विश्लेषण र खोज गरिरहेका हुन्छौ कि कसरी उत्तम तरिकाले सबैले महिनावारि संभावित सबै शिर्षकलाई सहज गर्न सकिन्छ भनेर, ईन्सेनेटरको प्रयोग यसको एक पाइला हो । स्कूल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, शपिंग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाइ सजिलै राख्न सकिन्छ र यो प्रयोग गर्न पनि एकदमै सजिलो छ।’
ज्यास्मिन हाईजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशीन पनि ल्याएको थियो जसबाट आवश्यक परेको समयमा किराना पसल वा फार्मेसीमा गए बिना नै सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ । कार्ड वा सिक्काको प्रयोग बाट सजिलै मेसिनबाट सेनेटरी प्याड प्राप्त गर्न सकिन्छ।
ज्यास्मिन हाइजिन पहिलो र प्रतिष्ठित नेपाली कम्पनी हो, जसले सेनेटरी प्याड नेपालमै उत्पादन गर्दछ। कम्पनीले १५ वर्षदेखि सेनिटरि प्याड लगायतका समाग्री उत्पादन गरिरहेको छ । सेफ्टि सेनेटरी प्याड, कुडलर, शेल्ड मास्क यसको प्रतिष्ठित उत्पादनहरू हुन्।