‘राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा ब्रेक’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा नेपाल पुँजी बजार लगानीकर्ता संघको गम्भिर ध्यानाकर्षण भएको छ । बैंकले गरेकाे विभिन्न निर्देशनले लगानीकर्तालाई तर्सित बनाएको र मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने संघकाे धारणा रहेकाे छ । लघुवित्तमा बैंकलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघको गम्भिर आपत्ती रहेको संघका अध्यक्ष [&hellip;]</p>


काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा नेपाल पुँजी बजार लगानीकर्ता संघको गम्भिर ध्यानाकर्षण भएको छ । बैंकले गरेकाे विभिन्न निर्देशनले लगानीकर्तालाई तर्सित बनाएको र मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने संघकाे धारणा रहेकाे छ ।

लघुवित्तमा बैंकलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघको गम्भिर आपत्ती रहेको संघका अध्यक्ष राधा पाेखरेलले बताएकी छिन् ।

बैंकहरुले २०७८ जेठ १० गतेसम्म किनेको लघुवित्तको सेयर २०७८ पुस मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन र निर्देशन पूर्नमूल्याङकन गरी बैंक तथा वित्तीय संस्थाले किनेको लघुवित्तको सेयर २०८० साल असार मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अभिलम्ब जारी गरिनु पर्छ भन्ने संघकाे धारणा रहेको उनी बताउँछिन् ।

‘अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा संघको घोर आपत्ति रहेको छ । पछिल्लो समयमा मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने संघको धारणा रहेको छ’, उनले बताइन् ।

त्यस्तै, अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखिनै प्रोत्साहन गर्नुपर्छ भन्ने संघको धारणा रहँदै आएको बताउँदै उनले राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र विवेकपूर्ण ढंगले आफ्नो कारोबार गर्न संघकाे तर्फबाट अपिल गरेकी छिन् ।

(अध्यक्ष पाेखरेलले सामाजिक सञ्चालमार्फत व्यक्त गरेकाे धारणा)

Share News