कोभिड-१९ रोकथाम र नियन्त्रणमा देशभर उल्लेखनीय सहयाेग गर्दै शारदा ग्रुप

<p>काठमाडौं । कोभिड नियन्त्रणमा सहयोग पुर्योउने उदेश्यको साथ शारदा ग्रुप तथा यस अन्तर्गत लगानी भएका कम्पनीहरुले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विभिन्न स्थानमा आर्थिक सहयाेग गरेकाे छ । यस क्रममा कम्पनीले दुहबी नगरपालिकामा ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियु भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी [&hellip;]</p>

काठमाडौं । कोभिड नियन्त्रणमा सहयोग पुर्योउने उदेश्यको साथ शारदा ग्रुप तथा यस अन्तर्गत लगानी भएका कम्पनीहरुले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विभिन्न स्थानमा आर्थिक सहयाेग गरेकाे छ ।

यस क्रममा कम्पनीले दुहबी नगरपालिकामा ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियु भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ साथसाथै बिरामीहरुको लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाहरुको लागि निःशुल्क भोजनको समेत व्यवस्था गरेको छ ।

काठमाडौंमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ ।

यस्तै कम्पनीले लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको छ । साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेका छौं ।

यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गरिरहेका छन् ।

होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसियु र आईसोलेसन सहितको कोभिड सेन्टरको लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको छ ।

Share News