हुम्लाकाे खार्पुनाथ गाउँपालिकामा ल्याब सेवा सञ्चालन, सिमकोट धाउनु पर्ने बाध्यता हट्याे

<p>सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा आधारभूत ल्याब सेवा सञ्चालन भएको छ । गएको कात्तिकमा स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल सिमकोटमा धाउनु पर्ने गाउँपालिकाका बिरामीलाई सहज भएको छ । पहिले सामान्य बिरामी हुँदा उपचारका लागि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा [&hellip;]</p>

सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा आधारभूत ल्याब सेवा सञ्चालन भएको छ । गएको कात्तिकमा स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ ।

ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल सिमकोटमा धाउनु पर्ने गाउँपालिकाका बिरामीलाई सहज भएको छ । पहिले सामान्य बिरामी हुँदा उपचारका लागि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा धाउनु पथ्र्यो तर अब गाउँपालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि खार्पुनाथकावासीलाई गाउँमै सेवा प्रभाह हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक वलिराज शाहीले बताए ।

गाउँपालिकाको केन्द्र याङ्चु बजारमा स्थापना गरिएको ल्याबलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र उपाध्यक्ष रुपा शाहीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकामा अबदेखि जटिल खाले बिरामीबाहेक अन्य बिरामीलाई पठाउनु नपर्ने स्वास्थ्य संयोजक शाहीको भनाइ छ ।

Share News