काठमाडौं । सरकारले कोभिड –१९ रोकथाम र उपचारमा प्रयोग हुने वस्तुको आयातमा सहजीकरण गर्ने भएको छ । अर्थमन्त्रालयले नयाँ कार्यविधि नै बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको छ ।
अर्थमन्त्रालयले दिएको जानकारी अनुसार कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयात गरी भन्सारबाट छुटाउनको लागि प्रज्ञापन पत्र साथ पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।
यस्ता मालवस्तु जाँचपास भएकोमा मनासिव समयभित्र पैठारीकर्ताले त्यस्तो कागजात विद्युतीय माध्यमबाट वा भौतिक रुपमा भन्सार अधिकृत समक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले कोभिड रोकथाम र उपचारको लागि २१ प्रकारका मालवस्तु तोकेको छ । यसरी तोकिएका वस्तुहरुमा मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिडण्र लगायत छन् ।
[pdf id=275212]