रेम्डेसिभिर आयात गर्दा लाग्ने सबै कर छुट

<p>काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमित बिरामीका लागि प्रयोग हुने औषधि तथा मेडिकल सामग्रीमा भन्सार महशुल छुट दिने भएकाे छ । सरकारले उक्त स्वास्थ्य सामग्रीमा लाग्ने भन्सार महशल लगायतका शुल्क तथा कर समेत छुट दिन लागेकाे हाे । बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक सूचना जारी गर्दै कर छुट दिई आयात एवं आपूर्तिमा [&hellip;]</p>

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमित बिरामीका लागि प्रयोग हुने औषधि तथा मेडिकल सामग्रीमा भन्सार महशुल छुट दिने भएकाे छ । सरकारले उक्त स्वास्थ्य सामग्रीमा लाग्ने भन्सार महशल लगायतका शुल्क तथा कर समेत छुट दिन लागेकाे हाे ।

बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक सूचना जारी गर्दै कर छुट दिई आयात एवं आपूर्तिमा सहजिकरण गर्ने निर्णय भएको जनाएको छ ।

विभागले व्यवसायीले रेम्डेसिभिर औषधीको खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने जनाएकाे छ ।यस्तै, अक्सिजन सिलिन्डर, मेडिकल ग्रेड अक्सिजन, लिक्विड अक्सिजन ट्याङक, भेन्टिलेटर मास्क, अक्सिजन रेगुुलेटरलगायत आईसियु बेडको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्ने छ ।

त्यसैगरी कर महशुल छुटमा पैठरी हुने उक्अक्त औषधी तथा स्वास्थ्य सामग्रीको मूल्य गुणस्तर एवं बिक्री वितरणको अनुगमन हुने भन्दै  वस्तुहरुको गुणस्तर परीक्षण गरी अधिकतम खुद्रा मूल्यको जानकारी विभागमा गराउन आग्रह गरेको छ ।

Share News