बजेटबारे प्रधानमन्त्रीको प्रतिक्रियाः संसद जिउँदो छ

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट नियमित प्रक्रियाबाट आउने संकेत गरेका छन् । ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलाइरहेका प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत बजेट ल्याउने हुन् कि भन्ने शंका गरिएको समयमा प्रधानमन्त्री ओलीले संसदबाटै बजेट ल्याउने संकेत गरेका हुन् । आफ्नै पार्टी नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसँग सिंहदरबारमा भएको छलफलपछि [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट नियमित प्रक्रियाबाट आउने संकेत गरेका छन् । ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलाइरहेका प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत बजेट ल्याउने हुन् कि भन्ने शंका गरिएको समयमा प्रधानमन्त्री ओलीले संसदबाटै बजेट ल्याउने संकेत गरेका हुन् ।

आफ्नै पार्टी नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसँग सिंहदरबारमा भएको छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले संसद जिवितै रहेको र नियमित प्रक्रियाबाटै बजेट आउने संकेत गरेका हुन् ।

नेपालको संविधानमा अर्काे आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउने उल्लेख छ । अल्पमतको सरकार भएको र प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले संसदबाट विश्वासको मत नपाएको अवस्था भएकोले सरकारले अध्यादेशमार्फत बजेट ल्याउने हो कि भन्ने आकलन गरिएको थियो ।

Share News