काठमाडाैं । सरकारले अक्सिजनका सिलिण्डरमा कर छुट दिने निर्णय गरेके छ ।
सरकरका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकले अक्सिजनका सिलिण्डरमा कर छुट दिने निर्णय गरेको बताउका हुन् ।
उनका अनुसार सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डर लगायत माल वस्तुमा कर छुट दिने निर्णय गरेको हो ।
यस्तै, सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय पनि गरेकाे छ । मन्त्रिपरिषदले काेषकाे पुँजी ३ अर्ब २७ करोड रुपैयाँ कायम गर्न स्वीकृति दिएको छ।