काठमाडाैं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सर्वसाधारण सेयरधनीका तर्फबाट अम्बिकाप्रसाद पौडैले निर्विरोध चयन भएका छन् । उनी पहिलो पटक आमसर्वसाधारणको तर्फबाट निर्विराेध सञ्चालक समिति सदस्यमा चयन भएका हुन् ।
सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पुर्व अध्यक्ष समेत रहेका पाैडेलकाे चयनलाई कम्पनीकाे चैत १३ गते बस्ने साधरणसभाले अनुमोदन गर्नेछ ।
टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ ।