काठमाडौं । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले आज आइतबार साँझ ७ बजे मौद्रिक नीतिको समिक्षा गर्ने बताएको हो ।
मौद्रिक नीतिको समीक्षा भच्र्युअल माध्यमबाट गर्ने राष्ट्र बैंकले जनाएको छ । आज हुने मौद्रिक नीति समिक्षामा राष्ट्र बैंकले केही नयाँ व्यवस्था पनि गर्न सक्नेछ ।
लामो समयदेखि राष्ट्र बैंकले सेयर बजारमा हुने कर्जामा कडाई गर्ने तयारी भइरहेको बताइएको थियो ।
आज मौद्रिक नीतिको समिक्षामार्फत राष्ट्र बैंकले सेयर बजारमा जाने कर्जामा केही नीतिगत व्यवस्था गर्न सक्नेछ ।
यस्तै, पछिल्लो समय अधिकांश बैंकहरुले बचतको व्याजदर घटाइरहेको बेला राष्ट्र बैंकले त्यसमा पनि केही नीतिगत व्यवस्था गर्न सक्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि बचतको न्यूनतम व्याजदर तोक्न सक्नेछ ।
अहिले नेपाल राष्ट्र बैंककाे बोर्ड बैठक बस्दैछ । बोर्डले मौद्रिक नीतिको समीक्षालाई अन्तिम रुप दिनेछ ।