प्रभु बैंकको सञ्चालकमा ६ जना चयन

<p>काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् । संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वार [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो ।

जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् ।

संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वार सापकोटा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे बैंकको सञ्चालकमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक अन्जु अधिकारी नेपाल होल्डिङ्ग प्रा. लि.को प्रतिनिधी हुन् भने प्रमोद घिमिरे पाँच पोखरी एग्रिकल्चर प्रा.लि. को प्रतिनिधी हुन् ।

सम्बन्धित समाचार

समस्यामा परेका दुईटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेका भट्टचन प्रभुबाट किन बाहिरिए ?

Share News