करिब १८ करोडको परियोजना कार्यान्वयन गर्न एफएनसीसीआई र ब्रिटिश काउन्सिलबिच सम्झाैता, १४ महिनामा काम सक्ने

<p>काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको रहेको छ भने परियोजनाको कूल बजेट १७ करोड ९० [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको रहेको छ भने परियोजनाको कूल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ हुन उल्लेख गरिएको छ । परियोजना मार्फत व्यवसायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने बताइएको छ

महासंघको नेतृत्वमा साझेदार संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघको संलग्नतामा परियोजनाको कार्यान्वयन हुने छ ।

मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले संवोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा हुनेछ भने समग्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्रणालीमा परिवर्तन ल्याउनुका साथै श्रम बजारमा माग र आपूर्तिको व्यवस्थापनमा ठूलो सहयोग गरी समग्रमा मुलुकको औद्योगिक विकासमा सघाउ पु¥याउने उद्धेश्य लिइएको छ ।

यसबाट श्रम बजारसंग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्दै महासंघका अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गरिन् ।

‘टीभेट क्षेत्रको सुधार, गुणस्तरीय तालीम, क्षेत्रगत विशिष्टिकृत र उद्योगहरुको माग अनुसार श्रम बजारमा रहेको जनशक्तिको क्षमता अभिवृद्धि, तालीम पाठ्यक्रम निर्माण गर्दै समग्रमा दीगो र भरपर्दो रोजगारी सृजनामा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्दछु, निजी क्षेत्रसंगको सहकार्यका लागि व्रिटिश काउन्सिल, दक्षता परियोजनालाई धन्यवाद दिन्छु,’ उनले भनिन् ।

नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेजले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालीमका क्षेत्रमा यूरोपियन यूनियन र ब्रिटिश काउन्सिल बीच सूचना प्रवाहमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै अर्थतन्त्रलाई प्रभावकारी ढंगबाट अगाढी बढाउन दक्ष जनशक्ति उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे ।

ब्रिटिश काउन्सिल र महासंघ बीच भएको यो सम्झौताबाट नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास प्रकट गरे । यसले समग्रमा बजारको माग र उत्पादित जनशक्तिलाई एकाकार गरी रोजगारीका अवसर सृजना गर्नुको साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास प्रकट गरे ।

ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले नेपाली निजी क्षेत्रको चाहना अनुसारको कार्यक्रममा सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै परियोजनाको सफलताको लागि शुभ–कामना दिए ।
साथै उनले यो परियोजना नेपालको व्यवसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हान बीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताए ।

दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष शीपयुक्त जनशक्ति उत्पादन मार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सृजनामा सघाउने विश्वास व्यक्त गरे ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघका कोषाध्यक्ष निरक केसी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मोहन कटुवाल, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, व्रिटिश काउन्सिल अन्तरगतको दक्षता प्रोजेक्टका डेपुटी टिम लिडर राजेन्द्र श्रेष्ठ, परियोजना विकासमा प्रारम्भबाटै कार्य गर्नु भएका महासंघको कार्यकारिणी समितिका सदस्य रविन श्रेष्ठ र महासंघको वस्तुगत परिषद्का सहसभापति सुमित केडियाले परियोजनाको सफलताको कामना गर्नुको साथै आ–आफ्नो संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Share News