समाज लघुवित्त र स्वस्तीक लघुवित्त मर्जरमा जाने, भयाे सम्झाैता

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । जसको लागि दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको छ । समाज लघुवित्तको केन्द्रिय कार्यालय सर्लाहीको मलंगवामा र स्वस्तीक लघुवित्तको केन्द्रिय कार्यालय सिरहाको लाहानमा रहेको छ । समाज लघुवित्तले हालै ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । जसको लागि दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको छ ।

समाज लघुवित्तको केन्द्रिय कार्यालय सर्लाहीको मलंगवामा र स्वस्तीक लघुवित्तको केन्द्रिय कार्यालय सिरहाको लाहानमा रहेको छ ।
समाज लघुवित्तले हालै ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरी सर्वसाधारणमा बाँडफाँड समेत गरी सकेको छ ।

पछिल्लो समय अधिकांश लघुवित्तहरु धमाधम मर्जरमा जान थालेका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको मर्जर नीतिका कारण उनीहरू मर्जरमा जान लागेका हुन् ।

Share News