नेपाल फाइनान्सको संचालकमा दुईजना नियुक्त

<p>काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको दुई संचालक नियुक्त भएका छन् । सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रा.लि.को तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र संचालकमा आनन्द कृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुक्तीसँगै कम्पनीको संचालक समितिले पूर्णता पाएको छ । नेपाल राष्ट्र बैंकले फाइनान्सलाई ५ बर्ष अघि समस्याग्रस्त घोषण गरिएकोमा २०७६ मंसिर २५ [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको दुई संचालक नियुक्त भएका छन् । सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रा.लि.को तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र संचालकमा आनन्द कृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुक्तीसँगै कम्पनीको संचालक समितिले पूर्णता पाएको छ ।

नेपाल राष्ट्र बैंकले फाइनान्सलाई ५ बर्ष अघि समस्याग्रस्त घोषण गरिएकोमा २०७६ मंसिर २५ गतेबाटसशर्त फुकुवा कारोबार शुभारम्भ गरेको थियो । प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलियाको नेत्रित्वमा अषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गर्न फाइनान्स सफल भएको छ । कमलादीमा केन्द्रिय कार्यलय तथा नयाँसडकमा शाखा कार्यालय संचालनमा रहेको संस्थाले भविष्यमा देशका विभिन्न भागमा सखा संचालनमा ल्याउने गरी कार्ययोजना तयारी गरेको छ ।

प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती, रोजीना श्रेष्ठ, आनन्द कृष्ण ताम्राकार र लक्ष्मी महर्जन गरी फाइनान्सको ७ जना संचालक रहेका छन्।

Share News