अब नारायणगढ–मुग्लिन सडकमा जाने सबैले पैसा तिर्नुपर्ने, कसले कति तिर्नुपर्छ ?

<p>काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। ‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि [&hellip;]</p>

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उनले भने।

Share News