विपतमा मृत्यु भएका परिवारलाई सरकारले २ लाख रुपैयाँ दिने

<p>काठमाडाैं ।  विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्&#x200d;चार तथा सूचना प्रविधि [&hellip;]</p>

काठमाडाैं ।  विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने जनाइएको छ ।

Share News