काठमाडौं। दाहाल–नेपाल पक्षको भेलाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अगाडि बढ्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान नेकपाकाे संकटलाई सकारात्मक ढंगले निकास दिनका लागि नेता, कार्यकर्ता र सदस्यहरूलाई भूमिका खेल्न आह्वान गर्ने निर्णय समेत गरेको बताए।
दुई अध्यक्षबीचको छलफल र सहमतिपछि अर्को बैठकको मिति निर्धारण हुने उनको भनाइ छ।