काठमाडाैं । नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएको स्रोतले बताएको छ ।
बैठकमा गौतमले अध्यक्षद्वयको पदको लडाइँमा आफू पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताएका छन् ।