कमलादीबाट प्रहरीले बरामद गरेको सुन नक्कली

<p>&nbsp; काठमाडौं । प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ। बरामद भएको वस्तु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराउँदा चाँदीमा सुनको जलप लगाएको पाईएकाे र ५०० [&hellip;]</p>

 

काठमाडौं । प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ।

बरामद भएको वस्तु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराउँदा चाँदीमा सुनको जलप लगाएको पाईएकाे र ५०० ग्राम सुन बाहेक सबै चाँदी भएकाे परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले  बताए ।

 

Share News