काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो ।
प्रहरीले उनीहरुसँग २ थान हतियारसमेत बरामद गरेको छ । प्रहरी देखेपछि तस्करहरुले सुन बोकेको झोला फालेर फरार भएका थिए । प्रहरीले उनीहरु सवार सवारी साधनको समेत पहिचान गरेकाे जनाएकाे छ । यद्यपी सुन ल्याउनेहरु को थिए भनेर प्रहरीले बताएको छैन ।