काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि ६ बुँदे प्रस्ताव पेस गरेका छन । मंगलबार उपाध्यक्ष गौतमले दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गरेका हुन् ।
उनले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन् । उनले प्रधानमन्त्रीले गर्ने काममा पार्टीले हस्तक्षेप नगर्ने, परामर्शमा मन्त्रिपरिषद् पुर्नगठन गर्नु पर्ने प्रस्ताव गरेका छन् ।
यस्तै उनले महाधिबेसनसम्म अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष सहित अध्यक्षको भूमीकामा हुनु पर्ने, पार्टीको एकता महाधिवेसन सहमतिका आधारमा आयोजना गर्ने, अबदेखि पार्टीका कार्यक्रम पार्टी कार्यालयमै गर्ने प्रस्ताव अगाडि सारेका छन् ।