काठमाडौं । मंगलबार पनि सुनको मूल्य प्रतितोला ९८ हजार २ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन ताेलाकाे ७ सयले बढेर प्रतितोला ९८ हजार २ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।
साेमबार प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य साेमबार थियो।
यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।