काठमाडौं । यती र तारा एयरलाइन्सले भदाै १ गतेदेखि सुरु हुने उडानकाे लागि बुकिङ खुल्ला गरेकाे छ । सरकारले भदौ १ बाट उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सले बुकिङ खुल्ला गरेको जनाएको हाे ।
यात्रुहरुले कोभिड-१९ अगाडिकै मूल्यमा विमानमा यात्रा गर्न पाउने एयरलाईन्सले जनाएकाे छ । यस्तै कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएका यात्राहरुले भने यात्रा गर्न नपाउने बताईएकाे छ ।
यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गरे । उनले भने, ‘प्यासेन्जर ढुक्क भए हुन्छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन ।’