काठमाडौं । बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा गरेकाे जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएकाे छ ।
प्रशासन कार्यलयले बिहिबार विज्ञप्ती जारी गर्दै राजविराजमा अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा/स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल नगर्न आदेश दिएकाे हाे । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने कार्यलयले जनाएकाे छ ।
कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृतक वृद्धका परिवारका ५ जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।