काठमाडाैं । काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा थप २ जनाकाे मृत्यु भएकाे बताएका हुन् ।
मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भएका ६० वर्षिय पुरुष रहेकाे गाैतमले बताए । उनलाई साउन २ गते विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । उपचारकाे क्रममा उनकाे हिजाे अर्थात साउन ६ गते मृत्यु भएकाे हाे ।
यस्तै अर्काे व्यक्ति पाेखरामा काम गरिरहेकाे ४९ वर्षिय चिनियाँ महिला रहेकाे गाैतमले बताए । मणिपाल अस्पताल पाेखरामा उपचार गराईरहेकाे उनलाई हेलिकप्टरबाट साउन २ गते काठमाडाैं ल्याईएकाे थियाे । उनमा परीक्षण गर्दा काेराेना पुष्टि भएकाे र आज उनकाे मृत्यु भएकाे हाे ।
याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ४२ पुगेकाे छ । हाल नेपालमा कुल १८ हजार ९४ जनामा काेराेना पुष्टि भएकाे छ ।