४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंकले गर्ने

<p>काठमाडौं । अपि पावर कम्पनीले निर्माण गर्ने ४० मे.वा क्षमताको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ । हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तीयकरण मार्फत लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिना भित्र निर्माण [&hellip;]</p>


काठमाडौं । अपि पावर कम्पनीले निर्माण गर्ने ४० मे.वा क्षमताको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ । हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तीयकरण मार्फत लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजना हो ।

यस अघि कम्पनीले ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा को अप्पर नौगड गाढको निर्माण सम्पन्न गरि आय आर्जन गरिरहेको छ । कम्पनीले यहि श्रावण महिनाको दोस्रो साता भित्र १ बराबर ०.४७ को हकप्रद सेयर यहि आयोजना निर्माणको लागि आवहान गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड यस हकप्रद जारी गर्ने बिक्री प्रवन्धक रहेको छ ।

Share News