काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गर्नु पर्ने प्रस्ताव अघि सारेको छ । मन्त्रालयले उच्चस्तरीय समितिलाई हवाई सेवा सञ्चालन गर्नको लागि सिफारिस गरेको हो ।
मन्त्रालयका सुचना अधिकारी सुरेश आचार्यले उच्चस्तरीय समितिलाई मन्त्रालयले सिफरिस गरेको बताएका छन् । सहसचिव बुद्धिसागर लामिछानेको संयोकजत्वमा गठित समितिले दिएको सुझावअनुसारै उच्चस्तरीय समितिलाई सिफारिस गरिएको उनको भनाई छ ।
हवाई सेवा सञ्चालन सम्बन्धि स्वास्थ्य मापदण्डहरु पुरा गरी हवाई सेवा सञ्चालन गर्नु पर्ने सहितकने प्रस्ताव सिफरिस गरेको उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले सो निर्देशिका तयार पारिसकेको छ ।
उक्त निर्देशिकाअनुसार कोभिड १९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गरिएको उनले बताए ।