एनसीएचएलले घटायो भुक्तानी कारोबारको शुल्क

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)ले सञ्चालन गर्दै आएकाे एसीएचएल इसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्राणालीको कारोबारमा लाग्ने शुल्क घटाएको छ । विद्युतीय भुक्तानी कारोबारलाई सहज एवम् विश्वसनीय माध्यम बनाई आफ्नो सदस्य तथा ग्राहकलाई सहयोग गर्ने उद्देश्यले एनसीएचएलले उक्त निर्णय गरेको हो । यसअघि कोभिड-१९ का कारणले सबै भुक्तानी प्राणालीहरुमा कारोबार शुल्क नलाग्ने व्यवस्था गरेकाे [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)ले सञ्चालन गर्दै आएकाे एसीएचएल इसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्राणालीको कारोबारमा लाग्ने शुल्क घटाएको छ । विद्युतीय भुक्तानी कारोबारलाई सहज एवम् विश्वसनीय माध्यम बनाई आफ्नो सदस्य तथा ग्राहकलाई सहयोग गर्ने उद्देश्यले एनसीएचएलले उक्त निर्णय गरेको हो ।

यसअघि कोभिड-१९ का कारणले सबै भुक्तानी प्राणालीहरुमा कारोबार शुल्क नलाग्ने व्यवस्था गरेकाे एनसीएचएलले साउन १ गतेदेखि शुल्क लिने निर्णय गरेको हो ।

एनसीएचएलले साउन १ गतेदेखि लागु गरिएको भुक्तानी शुल्क एनसीएचएल ईसीसीमा ०-१५, एनसीएचएल आईपीएसमा २-१० र कनेक्ट आईपीएस मा २-१५ कायम हुने गरी परिवर्तन गरेको छ ।

त्यसैगरी कनेक्ट आईपीएसमा सदस्य बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ०.७५ प्रतिशत (न्युनतम रु २ र अधिकतम रु १००) बनाइएको छ । यद्यपी एनसीएचएलको एक्स्प्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क यथावत राखेको छ ।

एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (एनसीएचएल ईसीसी), अन्त बैंक विद्युतीय भुक्तानी (एनसीएचएल आईपीएस), कनेक्ट आईपीएस इपेमेन्ट, कनेक्ट आरटिजिएस र नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ । २०७७ असार ३१ गतेसम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ लाख २० करोड रुपैयाँ कारोबार गरिएको र सो बापत लाग्ने ५ करोड २० लाख रुपैयाँ शुल्क नलिएको हो ।

एनसीएचएलले परिवर्तनमा ल्याएको शुल्कहरुले डिजिटल भुक्तानी कारोबार र समग्र अर्थतन्त्रमा नगदको निर्भरता कम गर्न सहयोग गर्ने विश्वास लिईएको छ । परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागु हुनेछ ।

Share News