संचालनमा आएको तीन घण्टा नबित्दै बुटवल-तानसेन सडकखण्ड फेरि अवरुद्ध

<p>बुटवल । पहिरो हटाएर संचालनमा ल्याइएको तीन घण्टा नबित्दै बुटवल तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड आईतवार साँझ सवा पाँच बजेदेखि खुलेको थियो। दुई दिनको प्रयास पछि खुलेको सडकमा फेरि तानसेन नगरपालिका वडा नम्बर ८ गौंडेपुल डुम्रेमा ठुलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो। निरन्तर पानी परेपछि ढुङ्गा हटाउन [&hellip;]</p>

बुटवल । पहिरो हटाएर संचालनमा ल्याइएको तीन घण्टा नबित्दै बुटवल तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड आईतवार साँझ सवा पाँच बजेदेखि खुलेको थियो।

दुई दिनको प्रयास पछि खुलेको सडकमा फेरि तानसेन नगरपालिका वडा नम्बर ८ गौंडेपुल डुम्रेमा ठुलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो। निरन्तर पानी परेपछि ढुङ्गा हटाउन नसकिएको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार झरेको पहिरोका कारण सडकमा रोकेर राखिएको लु २ ख ११७१ नम्वरको मालवाहक ट्रक पुरिएको थियो। असारको अन्तिम सातादेखि लगातार पानी पर्न थालेपछि बुटवल तानसेन सडकखण्डमा दिनहुं पहिरो झर्ने गरेको छ।

एकहप्ताको अवधिमा यो सडकखण्ड पहिरोका कारण ६ दिन अवरुद्ध भएको प्रहरीले जनाएको छ। पाल्पा र रुपन्देहीको सिमाक्षेत्र सिद्धबाबादेखि दोभानसम्म चट्टान सहितको पहिरोका कारण वर्षैभरी जोखिमयुक्त सिद्धार्थ राजमार्ग दोभानदेखि तानसेनसम्म भने वर्षायाममा पहिरोको जोखिममा हुने गर्छ।

Share News