काठमाडौं । पहिरोबाट काठमाडौंमा एक जनाकाे मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेखोलामा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गुरुङको आइतबार साँझ पहिरोमा पुरिएर ज्यान गएको हो ।