नजिकको एटीएम बुथबाट पैसा झिक्नुस्, तिर्नु पर्दैन कुनै शुल्क

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड प्रयोग गरी जुनसुकै बैंक वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिकेपनि शुल्न नलाग्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्काे बैंकको एटीएम बुथबाट रकम निकाल्दा शुल्क लाग्ने निर्णय गरेको थियो । [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड प्रयोग गरी जुनसुकै बैंक वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिकेपनि शुल्न नलाग्ने भएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्काे बैंकको एटीएम बुथबाट रकम निकाल्दा शुल्क लाग्ने निर्णय गरेको थियो ।

एसोसिएसनले यस्तो निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएम बुथ प्रयोग गरी रकम निकाले पनि कुनै सुल्क नलाग्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिमा आएको सो व्यवस्था राष्ट्र बैंकले निर्देशन मार्फत कायान्वयन गराएको छ ।

‘एउटा बैंक तथा वित्तीय संस्था जारी गरेका एटिएम कार्य स्वदेश भित्रै अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सन्त्रासको कारण सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । सो लकडाउनको समयमा सर्वसाधारणलाई सहज होस भनेर नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको थियो । लकडाउन खुकुलो भएसँगै बैंकहरुले उकतर्फि निर्णय गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गरी पैसा निकाल्दा साउन १ गतेदेखि शुल्क लाग्ने निर्णय गरेका थिए ।

Share News