काठमाडौं । वित्तीय संस्था संघले मौद्रिक नीति राम्रै आएको प्रतिक्रिया दिएको छ । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले पुरै बैंक तथा वित्तीय संस्थाहरु सन्तुष्ट भएको बताएका छन् ।
कोरोना भाइरसको बिचमा आएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई सन्तुष्ट पारेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याएका योजना तथा कार्यक्रमहरु समय र परिस्थती अनुरुपकै भएको उनको भनाई छ ।
उनले विकासन्युज सँग प्रतिक्रिया दिँदै भने, ‘हामीले यो समयमा धेरै अपेक्षा गर्नु पनि हुँदैन, समय परिस्थिती अनुसार मौद्रिक नीति राम्रै छ, खास गरी क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई यसले सन्तुष्ट नै बनाएको छ ।’
यस वर्षको मौद्रिक नीतिले खासगरी क्षेत्र पहिचान गरी बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न निर्देशन दिएको बताउँदै उनले कृषिमा १५ प्रतिशत र उर्जाम १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था सकारात्मक भएको उनको भनाई छ ।