डिजिटल टिभी अपरेटर एसोसिएसन गठन, अध्यक्षमा आचार्य

<p>काठमाडौं। डिजिटल टिभी अपरेटरहरुले डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपाल गठन गरेका छन् ।  डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यको नेतृत्वमा समितिकाे गठन भएकाे हाे । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डिजिटल टिभी अपरेटर संस्था गठन भएकाे बताइएकाे छ ।  समिति सदस्यमा म्याक्स टिभीका दिनेश सुवेदी, मेरो टिभीका प्रकाश घिमिरे, भायो टिभीका विनय बोहोरा, ब्रोड [&hellip;]</p>

काठमाडौं। डिजिटल टिभी अपरेटरहरुले डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपाल गठन गरेका छन् ।  डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यको नेतृत्वमा समितिकाे गठन भएकाे हाे ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डिजिटल टिभी अपरेटर संस्था गठन भएकाे बताइएकाे छ ।  समिति सदस्यमा म्याक्स टिभीका दिनेश सुवेदी, मेरो टिभीका प्रकाश घिमिरे, भायो टिभीका विनय बोहोरा,

ब्रोड टिभीका विनोद तिमिल्सिना, नेट टिभीका निरज राजभण्डारी, प्रभु टिभीका रविन सुवेदी र क्लियर टिभीका अमित थापा रहेका छन्।

डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपालको नामबाट छाता संगठनमार्फत अपरेटर तथा उपभोक्ताहरुको हकहित संरक्षण गर्ने उदेश्य लिइएको अध्यक्ष आचार्यले बताए।

उनले  डिजिटल प्रविधिलाई अर्थतन्त्रमा समेट्ने उद्देश्यले समिति गठन गरिएकाे बताए । यसका साथै उनीहरुले ४ वटा भारतीय न्युज च्यानलको प्रसारणमा रोक लगाएकाे पनि बताएका छन् ।

भारतीय समाचार च्यानल आजतक, एविपी न्यूज, जी न्यूज र इन्डिया टिभी च्यानललाई नेपालमा हेर्न नमिल्ने उनले बताए ।

Share News