बैंक तथा वित्तीय संस्थाले मनपरी सेवाशुल्क लिन नपाउने, राष्ट्र बैंकले तोक्यो सीमा

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीसँग आफूखुसी सेवा शुल्क लिन नपाउने भएका छन् । सेवा शुल्कमा बैंक तथा वित्तीय संस्थाले ऋणीमाथि अन्याय गरेको गुनासो आएपछि राष्ट्र बैंकले सीमा नै तोकेको छ । नयाँ सीमा अनुसार वाणिज्य बैंकहरुले कुल कर्जाको ०.७५ प्रतिशत, विकास बैंकहरुले १ प्रतिशत, फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुले १.५ [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीसँग आफूखुसी सेवा शुल्क लिन नपाउने भएका छन् । सेवा शुल्कमा बैंक तथा वित्तीय संस्थाले ऋणीमाथि अन्याय गरेको गुनासो आएपछि राष्ट्र बैंकले सीमा नै तोकेको छ ।

नयाँ सीमा अनुसार वाणिज्य बैंकहरुले कुल कर्जाको ०.७५ प्रतिशत, विकास बैंकहरुले १ प्रतिशत, फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुले १.५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने छन् ।

Share News