काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिको बैठक भत्तामा कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाको संचालक समितिको बैठकभत्ता बढी भयो भन्ने गुनासो आइरहेको समयमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाइ गरेको हो ।